मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

प्रचण्डसँग अमेरिकी सहायक विदेशमन्त्री लुले भने-‘मंसिर २८ भित्र एमसीसी टुंगो नलगाए फिर्ता गर्छौं’

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आगामी मंसिर २८ गतेभित्र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) टुंगोमा नलगाए फिर्ता लैजाने बताएका छन् ।

शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा विदेशमन्त्री लुले आगामी १४ डिसेम्बर (मंसिर २८) भित्र टुंगोमा नपुर्याए फिर्ता लैजाने बताएका छन् ।

‘एमसीसी सम्झौता पारित गर्ने कि नगर्ने भन्ने सवालमा नेपालले ठोस धारणा अघि बढाउनुपर्यो । १४ डिसेम्बरसम्म एमसीसीबारे धारणा नआए फिर्ता लैजान्छौँ ।’

जवाफमा अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता कागजातमाबारे अहिले बहस चलिरहेको भनेका छन् । सम्झौताबारे संसदीय अनुमोदनको कुरा जोडिएपछि यसबारे बहस चलिरहेको पनि अध्यक्ष प्रचण्डले जवाफ दिएका छन् ।

अध्यक्ष प्रचण्डअघि प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विदेशमन्त्री लुलाई सरकारले आफ्नो दलसँग एमसीसीबारे कुनै छलफल नगरेको बताएका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।