प्रचण्डसँग अमेरिकी सहायक विदेशमन्त्री लुले भने-‘मंसिर २८ भित्र एमसीसी टुंगो नलगाए फिर्ता गर्छौं’

प्रचण्डसँग अमेरिकी सहायक विदेशमन्त्री लुले भने-‘मंसिर २८ भित्र एमसीसी टुंगो नलगाए फिर्ता गर्छौं’

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आगामी मंसिर २८ गतेभित्र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) टुंगोमा नलगाए फिर्ता लैजाने बताएका छन् ।

शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा विदेशमन्त्री लुले आगामी १४ डिसेम्बर (मंसिर २८) भित्र टुंगोमा नपुर्याए फिर्ता लैजाने बताएका छन् ।

‘एमसीसी सम्झौता पारित गर्ने कि नगर्ने भन्ने सवालमा नेपालले ठोस धारणा अघि बढाउनुपर्यो । १४ डिसेम्बरसम्म एमसीसीबारे धारणा नआए फिर्ता लैजान्छौँ ।’

Europass CV in Nepal

जवाफमा अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता कागजातमाबारे अहिले बहस चलिरहेको भनेका छन् । सम्झौताबारे संसदीय अनुमोदनको कुरा जोडिएपछि यसबारे बहस चलिरहेको पनि अध्यक्ष प्रचण्डले जवाफ दिएका छन् ।

अध्यक्ष प्रचण्डअघि प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विदेशमन्त्री लुलाई सरकारले आफ्नो दलसँग एमसीसीबारे कुनै छलफल नगरेको बताएका छन् ।

Europass CV in Nepal