बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन

बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन

नयाँ दिल्ली । भारतका चर्चित अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ। उनको हृदयघातबाट बुधबार राती निधन भएको भारतीय मिडियामा समाचार छ।

हृदयघात भएपछि उपचारका लागि गृहनगर लखनउमा लगिएको थियो। उपचारका क्रममा बुधबार राती निधन भएको उनका ज्वाइँ आशिष चतुर्वेदीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

मिथिलेशको निधनको खबरले चलचित्र क्षेत्र शोकमा डुबेको छ। मिथिलेशले आफ्नो करियरमा धेरै ठूला र राम्रा बलिउड फिल्महरूमा अभिनय गरेका छन्।

Europass CV in Nepal

उनले सनी देवलको फिल्म गदर : एक प्रेम कथा,मनोज बाजपेयीको सत्या,शाहहरु खानको अशोका,ताल,बन्टी और बबली, कृष र रेडीमा अभिनय गरेका थिए। फिल्म ‘कोही मिल गया’ले उनलाई थप चर्चित बनाएको थियो। सो फिल्ममा उनी ऋतिक रोशनको कम्प्युटर टिचरको भूमिकामा देखिएका थिए।

Europass CV in Nepal