मुग्लिन-नारायणगढ सडक खण्ड फेरि ठप्प, केराबारीमा ठूलो पहिरो

मुग्लिन-नारायणगढ सडक खण्ड फेरि ठप्प, केराबारीमा ठूलो पहिरो

काठमाण्डाै । मुग्लिन-नारायणगढ सडक खण्ड फेरि ठप्प भएको छ । गएराति २ बजेदेखि मुग्लिन-नारायणगढ सडक खण्ड फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारी ठूलो पहिरो गएको छ । तीन वटा डोजरको सहायताले पहिरो पन्छाउन थाले पनि एउटाको टायर पन्चड भएकाले अहिले दुई वटाले पहिरो हटाइरहेका छन् ।

पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ । गएको सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए । त्यसपछि खुलाइएको सडकमा मङ्गलवार फेरि पहिरो खसेको थियो ।

Europass CV in Nepal

बुधवार बिहान ९ बजे पहिरो पन्छाएर सडक खुलाइएको थियो । तर, गएराति फेरि पहिरो गएको हो । पहिरो गएको केराबारीमा लेदोमाटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ । यसले गर्दा पानी पर्नासाथ थुप्रिएको माटो‚ ढुङ्गा र गेग्रान बग्दै सडकमा थुप्रिने गरेकाले सडक अवरुद्ध हुने गरेको छ ।

काठमाण्डौलाई जोड्ने मुख्य मार्ग भएकाले यो सडक खण्डमा दैनिक हजारौँ गाडी चल्छन् । तर, पहिरोका कारण हरेक दिनजसो यात्रुले सास्ती पाउने गरेका छन् ।

 

Europass CV in Nepal