अरिंगालको टोकाइ बाट चर्चित भलिबल खेलाडीकाे मृत्यु

अरिंगालको टोकाइ बाट चर्चित भलिबल खेलाडीकाे मृत्यु

रुकुम पश्चिममा अरिंगालको टोकाइबाट चर्चित भलिबल खेलाडी सुवर्ण सुनारकाे मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय सुनारको मृत्यु भएको कखरा अनलाइनले जनाएको छ ।

तीन दिन अगाडी अरिंगालले टोकेका सुनारको आज उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । साथीहरुसंग छिमेकी जिल्ला सल्यान वाफुखोलामा अरिंगाल झार्न गएका सुनारलाई अरिंगालले टोकेका थिए ।

तीन दिनसम्म झुल्नेटामा रहेको नीजि स्वास्थ्य संस्थामा उपचार गरेको र निको नभएपछि थप उपचारका लागि आज नेपालगञ्ज लैजादै गर्दा सुनारको सल्यानको श्रीनगरमा मृत्यु भएको गाउँ खेलकुद विकास समिति त्रिवेणीका अध्यक्ष जनककुमार विश्वकर्माले जानकारी दिए ।

Europass CV in Nepal

सुनारको शरिरमा ५३ वटा घाउ देखिएको छ । त्यसकारण सुनारलाई ५३ वटा अरिंगालले टोकेको अुनमान गरिएको विश्वकर्माले बताए । सुनार गाउँ खेलकुद विकास समिति त्रिवेणीका सचिव थिए ।

उनी एक समय जिल्लाको चर्चित भलिबल खेलाडी समेत थिए । सुनार हाल त्रिवेणी गाउँपालिकामा कर संकलकका रुपमा कार्यरत थिए । उनलाई गाउँपालिकाले रुकुम र सल्यानको सिमाना खौलामा खटाएको थियो । सुनारकाे मृत्युले उनका शुभचिन्तकहरु स्तब्ध भएका छन् ।

Europass CV in Nepal