मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

कुलमान घिसिङको नेतृत्वमा प्राधिकरणले गर्यो १६ अर्ब नाफा

Himali Patrika 1 मिनेट पढाइ

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको खुद नाफा १६ अर्ब ९ करोड पुग्ने प्रक्षेपण गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६४ प्रतिशतले बढी हो । प्राधिकरणले आर्थिक वर्ष ०७७÷७८ मा ६ अर्ब १० करोड खुद नाफा कमाएको थियो ।

प्राधिकरणको आम्दानी भने एक खर्ब रुपैयाँ नाघेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । योसँगै प्राधिकरण सबैभन्दा बढी नाफा र आम्दानी गर्ने सार्वजनिक संस्था बनेको छ ।
‘यस बीचमा विद्युत खपत र विद्युत निर्यात बढ्यो ।

साथै, प्राधिकरणका स्वामित्वका अयाोजनाबाट हुने विद्युत उत्पादन पनि करिब १६ प्रतिशतले वृद्धि भयो,’ घिसिङले भने, ‘यसका अलावा विद्युत चुहावट घट्यो, प्रभावकारी रूपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो ।’
आव ०७२÷७३ मा ८ अर्ब ८९ करोड रुपैयाँले घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा भने निरन्तर नाफामा छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।