मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

यसवर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै – यसवर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिकाअनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुनेछ ।

पूर्णिमाको तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहने र त्यसपछि प्रतिपदा लाग्ने समितिले जनाएको छ ।

पूर्णिमा तिथि बिहानै सकिने भए पनि भोलि दिनभर जनै र डोरो बाँध्न मिल्ने समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

पर्सि शनिवार प्रतिपदा तिथि नभएको र प्रतिपदामै गाईजात्रा मनाउने चलन भएकाले गाईजात्रा पनि भोलि नै मनाउनुपर्ने उहाँको भनाइ छ । पूर्णिमा व्रत भने आजै मनाउनु पर्ने पनि उहाँले बताउनुभयो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।