मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

आगामी निर्वाचनमा म्यादी प्रहरीको भर्ना संख्या बढ्ने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । आगामी निर्वाचनमा म्यादी प्रहरी भर्नाको संख्या बढ्ने आईजीपी धिरजप्रताप सिंहले बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलनमार्फत उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वैशाख ३० मा भएको स्थानीय तहको चुनावमाभन्दा धेरै संख्यामा म्यादी भर्ना गरिने बताएका हुन् ।

उक्त निर्वाचनमा ४० दिनका लागि म्यादी भर्ना गरिने आईजीपी सिंहले बताए । स्थानीय तहको निर्वाचनमा करिब एक लाखको संख्यामा म्यादी प्रहरी खटाइएको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मंसिर ४ मा हुँदै छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।