रेशम चौधरीलाई छुटाउन प्रधानमन्त्री देउवालाई थारू नेताको दबाब

रेशम चौधरीलाई छुटाउन प्रधानमन्त्री देउवालाई थारू नेताको दबाब

काठमाडौं । टीकापुर घटना र राजबन्दी रिहाइको विषयमा सरकारले थारू कल्याणकारिणी सभाका पदाधिकारीसँग छलफल गरेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ६ बुँदे सम्झौता कार्यान्वयनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए। दुवै पक्षले आ–आफ्नो तर्फबाट गृहकार्य गरेर फेरि बैठक बस्ने निष्कर्ष निस्किएको प्रवक्ता पोखरेलले बताए।

छलफल टीकापुर घटना र रेशम चौधरीलगायत जेलबन्दीको रिहाइमा केन्द्रित भएको सभाका महामन्त्री प्रेमीलाल चौधरीले बताए। टीकापुर घटना राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै समाधान गर्न आफूहरूले आग्रह गरेको चौधरीको भनाइ छ। ‘टीकापुर घटनाका कारण धेरै थारूहरू अन्यायमा परेका छन्। अधिकारका निम्ति भएको घटनालाई राजनीतिक तवरबाट समाधान गर्न सरकारसँग माग गरेका छौं,’ उनले अन्नपूर्णसँग भने।

पूर्वसांसद एवं सभाका केन्द्रीय सदस्य रुक्मिणी चौधरीले पनि अघिल्ला सरकारसँग भएको सम्झौतालाई कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताइन्। उनले अघिल्ला सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन नहुने हो र भन्दै प्रश्न गरेकी थिइन्।

Europass CV in Nepal

‘केपी ओली नेतृत्वको सरकार हुँदा हामीले माइतीघरमा आफ्ना माग राखेर प्रदर्शन गर्‍यौं। तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आफैँ आएर प्रदर्शनमा ऐक्यबद्धता जनाउनुभयो। उहाँकै नेतृत्वमा ६ बुँदे सम्झौता पनि भयो। त्यो सम्झौतालाई अहिलेको सरकारले कार्यान्वयन गरिदिनुपर्‍यो भन्ने हाम्रो माग हो,’ अन्नपूर्णसँग उनले भनिन्।

Europass CV in Nepal