मुख्य सामग्रीमा जानुहोस्
Sunday, 20 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

पोष्टबहादुर बोगटीस्मृति प्रतिष्ठानको अध्यक्षमा वर्षमान पुन, महासचिवमा निर्मल आचार्य चयन

Himali Patrika 1 मिनेट पढाइ

नेकपा माओवादीकेन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ पोष्टबहादुर बोगटी प्रतिष्ठानको अध्यक्षमा चयन हुनुभएको छ ।

प्रतिष्ठानको शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभाले पुनलाई सर्वसम्मत अध्यक्ष चुनेको हो ।

प्रतिष्ठानको उपाध्यक्षमा नुवाकोट क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङ र श्रीकृष्ण अधिकारी तथा महासचिवमा दाङ निवासी पार्टी पाेलिट्ब्युराे सदस्य निर्मल आचार्य चयन हुनुभएको प्रतिष्ठानले जनाएको छ ।

नुवाकोटका स्थायी बासिन्दा बोगटी तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष हुनुहुन्थ्यो । सादा जीवनशैली र सबैसँग घुलमिल हुन सक्ने क्षमताका कारण बोगटी माओवादीभित्र र बाहिरसमेत लोकप्रिय हुनुहुन्थ्यो ।

२०१० साल साउन ३ मा नुवाकोटको तत्कालीन तुप्चे गाविस–२ भित्रीनीटारमा जन्मिएका बोगटीको ६१ वर्षको उमेरमा २०७१ साल भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर–३ बाट निर्वाचित बोगटी ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुभएको थियाे ।

बोगटीका छोरा रवि बोगटी तत्कालीन शाही नेपाली सेनाको कारबाहीमा २०५९ सालमा उत्तरी धादिङको सत्यदेवीमा सहिद हुनुभएको थियाे । बोगटीका छोरी प्रभा बोगटी भने अहिले नुवाकोटको विदुर नगरपालिकाको उपप्रमुख हुनुहुन्छ । प्रतिष्ठानले शिक्षा, स्वास्थ्यजस्ता सामाजिक सेवाका कार्य गर्दै आएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।