पोष्टबहादुर बोगटीस्मृति प्रतिष्ठानको अध्यक्षमा वर्षमान पुन, महासचिवमा निर्मल आचार्य चयन

पोष्टबहादुर बोगटीस्मृति प्रतिष्ठानको अध्यक्षमा वर्षमान पुन, महासचिवमा निर्मल आचार्य चयन

नेकपा माओवादीकेन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ पोष्टबहादुर बोगटी प्रतिष्ठानको अध्यक्षमा चयन हुनुभएको छ ।

प्रतिष्ठानको शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभाले पुनलाई सर्वसम्मत अध्यक्ष चुनेको हो ।

प्रतिष्ठानको उपाध्यक्षमा नुवाकोट क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङ र श्रीकृष्ण अधिकारी तथा महासचिवमा दाङ निवासी पार्टी पाेलिट्ब्युराे सदस्य निर्मल आचार्य चयन हुनुभएको प्रतिष्ठानले जनाएको छ ।

Europass CV in Nepal

नुवाकोटका स्थायी बासिन्दा बोगटी तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष हुनुहुन्थ्यो । सादा जीवनशैली र सबैसँग घुलमिल हुन सक्ने क्षमताका कारण बोगटी माओवादीभित्र र बाहिरसमेत लोकप्रिय हुनुहुन्थ्यो ।

२०१० साल साउन ३ मा नुवाकोटको तत्कालीन तुप्चे गाविस–२ भित्रीनीटारमा जन्मिएका बोगटीको ६१ वर्षको उमेरमा २०७१ साल भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर–३ बाट निर्वाचित बोगटी ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुभएको थियाे ।

बोगटीका छोरा रवि बोगटी तत्कालीन शाही नेपाली सेनाको कारबाहीमा २०५९ सालमा उत्तरी धादिङको सत्यदेवीमा सहिद हुनुभएको थियाे । बोगटीका छोरी प्रभा बोगटी भने अहिले नुवाकोटको विदुर नगरपालिकाको उपप्रमुख हुनुहुन्छ । प्रतिष्ठानले शिक्षा, स्वास्थ्यजस्ता सामाजिक सेवाका कार्य गर्दै आएको छ ।

Europass CV in Nepal