मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

काठमाण्डाैका मेयरलाई याेगेशकाे सुझाव : फाेहर उठाउन सरकारकाे भर परे तपाईँ असफल हुने निश्चित छ

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै ।  प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले काठमाण्डाैमा ७१ दिनदेखि फोहर उठ्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएकाे छ । आज आइतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद भट्टराईले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहलाई फाेहर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिनुभयो । उहाँले एमाले सहयोग गर्न तयार रहेको भन्दै प्रस्तावसहित एमालेसँग संवादमा आउनका लागि मेयर साहलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसअघि काठमाण्डाैको फोहर १४ दिनसम्म नउठेको इतिहास छ । आज ७१ दिन भयो प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन ।

सम्बन्धित मन्त्रीहरू बेखबर छन् । फोहरले काठमाण्डाै डुङडुङ गन्हाउने अवस्थामा पुगेको छ । यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन । त्यसैले म काठमाण्डाैका मेयरलाई भन्न चाहन्छु, प्रस्तावसहित एमालेसँग आउनुहोस्, एमालेसँग त्याे भिजन छ । दृष्टिकोण छ । यदि तपाईँ सरकारको भर पर्नुभयो भने तपाईँ असफल हुने निश्चित छ । सांस्कृतिक सहर काठमाण्डाैलाई सबै मिलेर रक्षा गरौँ ।’

यस्तै प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले काठमाण्डाैकाे फोहर इच्छाशक्ति भएको मान्छेले मात्रै उठाउन सक्ने भन्दै आफ्नो नेतृत्वमा शक्तिशाली संसदीय समिति गठन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले आजभन्दा ६० दिन अगाडि एउटा प्रस्ताव पेस गरेको थिएँ । फेरि पनि म यो प्रस्ताव पेस गर्न चाहन्छु, यदि इच्छाशक्ति भएको मान्छे भयो भने मात्रै काठमाण्डाैकाे फोहर उठ्छ । तत्काल शक्तिशाली एउटा समिति गठन गरियोस् । शक्तिशाली समिति देशकको राजधानीलाई व्यवस्थापन गर्न हो । हुन्छ भने मेरै नेतृत्वमा गरौँ ।’

मानन्धरले अस्तव्यस्त, ध्वस्त काठमाण्डाै जस्तै अहिले संसदको पनि कोरम पुग्छ कि पुग्दैन भन्ने स्थिति रहेकाे गुनासाे गर्नुभयाे । संसद् भवनको वरिपरि हेर्‍याे भने चुहिएर बस्न नहुने अवस्था रहेकाे उहाँकाे भनाइ छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।