मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

ञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको फेरी अवरोध

Himali Patrika 1 मिनेट पढाइ

गाडीले ठक्कर दिएर बाख्रा मरेको भन्दै बञ्चरेडाँडामा स्थानीयले फोहोर फाल्न अवरोध गरेका छन्। काठमाडौं उपत्यकाको फोहोर लाने बन्चरेडाँडाको बाटोमा बाख्रा मरेपछि फोहोरको गाडी रोकिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए।

उनका अनुसार बाख्रा मरेपछि फोहोर बोकेको गाडी बन्चरेडाँडा पुर्‍याउन स्थानीयले अवरोध गरेका हुन्। ‘काबेरी गाउँमा बाख्रा मरेको रहेछ,’ उनले भने, ‘बाख्रा आफैं मरेको हो कि गाडीले हानेको हो, त्यो पुष्टी भइसकेको छैन।’

काठमाडौं उपत्यकाको फोहोर शनिबारदेखि पुनः उठ्न सुरू भएको थियो। तर आइतबार फेरि बन्चरेडाँडामा फोहोरको गाडीले हानी बाख्रा मरेको भन्दै काबेरी गाउँका पीडितहरूले बाटो अवरोध गरेका हुन्।

पीडितहरूले क्षतिपूर्ति माग गरेको जनाइएको छ। बालेनले आजैदेखि संख्या बढाएर दैनिक २५० देखि ३५० वटासम्म फोहोर बोकेका गाडी बञ्चरे पुर्‍याउने बताएका थिए। तर बिहान पनि केही अज्ञात समूहले समेत फोहोर फाल्न अवरोध पुर्‍याएको महानगरले‍ जनाएको छ।

तारेकश्वर नगरपालिका-३ का अध्यक्ष पर्शुराम अर्यालकाअनुसार गएराति अज्ञात समूहले तीनपिप्ले आठमाइल नजिक ढकाल खोलामा करिब ३ ट्रक फोहोर फालेका थिए।

‘पानीको मुहानमा फोहोर फालिएको भन्दै स्थानीयले बिहान सडक अवरूद्ध गरेका थिए,’ उनले भने, ‘प्रहरीसँग समन्वय गरेर दोषी पत्ता लगाउने भनेर स्थानीयलाई सम्झाएपछि अवरोध खुलेको छ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।