रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन

रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन

रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च स्तरमा पुगेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताएका छन् । दुई देशले सहयोगलाई अझ प्रगाढ बनाउने बताउँदै पुटिनले रुसी विदेश मन्त्रालयको बोर्डको विस्तारित बैठकमा भने, ‘हामी जनवादी गणतन्त्र चीनमा हाम्रा असल छिमेकी र मित्रहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयत्न जारी राख्नेछौँ ।’ उनले २१औँ शताब्दीमा द्विपक्षीय सम्बन्धले प्रभावकारी अन्तरजातीय सहयोगको नमुनाका रूपमा काम गरेको बताए ।

राष्ट्रपति पुटिनले केही पश्चिमी देशहरूले खुल्ला रूपमा मस्को र बेइजिङको बीचमा फाटो ल्याउने प्रयास गरिरहेको समेत टिप्पणी गरेका छन् । ‘हाम्रा चिनियाँ मित्रहरूसँग मिलेर, हामी हाम्रो राजनीतिक, आर्थिक र अन्य सहयोग विस्तार गर्दै र अन्तर्राष्ट्रिय क्षेत्रमा कदमहरू समन्वय गरेर त्यस्ता प्रयासहरूको जवाफ दिनेछौँ’ उनले भने ।

सैन्य गठबन्धन अमेरिकी सेनाभन्दा शक्तिशाली हुनेछ

Europass CV in Nepal

विश्वका दुई शक्तिशाली राष्ट्रबीचको गठबन्धनले आफूहरु मुख्य–मुख्य क्षेत्रमा अमेरिकी सेना र तिनका गठबन्धनभन्दा निकै शक्तिशाली हुने पुटिनको भनाइ छ। अमेरिका र चीनबीच चर्को विवाद भइरहँदा बिहीबार पुटिनले चीनसँग सैन्य गठबन्धनको सम्भावना भएको बताएका हुन्।

पुटिनले रुस शक्तिशाली राष्ट्र भएकाले कुनै गठबन्धनको आवश्यकता नभएकोमा जोड दिँदै उनले भविष्यमा गठबन्धनको सम्भावना भने रहेको बताए। रुस र चीनले दुई देशबीचको रणनीतिक साझेदारीलाई स्वागत गरेका छन्। यी दुईदेशबीच लगातार सहकार्यहरु हुँदै आएका छन्।

ग्लोबल पावर इन्डेक्सका अनुसार रुस र चीन सैन्य शक्तिको आधारमा अमेरिकापछिकै शक्तिशाली राष्ट्र हुन्। चीनमा पुरा ३० लाख ८३ सय सेना छन् भने रुसमा १४ लाख सेना छन्। यस्तै अमेरिकामा पुरा सेना १८ लाख ४७ हजार छन्।

यी सबै राष्ट्र परमाणु सम्पन्न राष्ट्र हुन्। चीन र रुसले लगातार संयुक्त सैन्य अभ्यास पनि गर्दै आएका छन्। पछिल्लो सयम अमेरिका र चीनबीच विभिन्न विषयमा विवाद भइरहँदा पुटिनले चीनसँग सैन्य गठबन्धनको सम्भावना भएको जनाएका हुन्। एजेन्सी

Europass CV in Nepal