काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रालयले अब बिजुली गाडीमात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।
बुधवार काठमाण्डौमा आयोजित नेपाल विद्युत् प्राधिकरणको ३७ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयले बिजुली गाडीमात्र खरिद गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले विद्युत् खपत गर्ने नीति तथा कार्यक्रमसँगै अगाडि बढाएको छ । प्राधिकरणले बिजुली गाडी खरिद गर्ने साथै चार्जिङ स्टेशन बनाउँदै विद्युतीय पूर्वाधारहरूको विस्तारलाई तीव्र गतिमा अगाडि बढाउनुपर्छ । ऊर्जा मन्त्रालयमा पनि अब खरिद गरिने गाडी विद्युतीय मात्रै हुनु पर्नेछ ।
मन्त्री भुसालले प्राधिकरणले विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने योजनालाई पनि प्रभावकारी ढङ्गबाट अघि बढाउनुपर्ने बताउनुभयो ।
मन्त्री भुसालले धेरै विद्युत् उत्पादन गर्न नसकिने मिटर जोड्न महिनौँ लगाउने प्राधिकरणका कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनुभयो । उहाँले मन्त्रालयका मन्त्री र कर्मचारी विद्युत् खपत बढाउन अनुरोध गर्दै मिटर जोड्ने कामलाई महिनौँ लगाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । मन्त्री भुसालले निजी क्षेत्रले भोगेका समस्यामा सरकार गम्भीर रहेको बताउनुभयो ।
मन्त्री भुसालले प्राधिकरणका कर्मचारीका लागि ५२ महिनाको जीवन बीमाको व्यवस्था गर्ने र ज्यालामा काम गर्ने कर्मचारीलाई मासिक ज्यालादारी कर्मचारी बनाउने बताउनुभयो ।





