भदौ १ घोराही । नेपाल मगर पत्रकार संघ दाङको नयाँ कार्य समिति चयन गरिएको छ । साउन ३० गते भएको पत्रकार मगर संघ दाङको प्रथम अधिवेशनले शान्तकुमार बूढा मगरको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्ष जितसागर जिएम, सचिवमा वर्षा मगर, सहसचिवमा भिउमान पुन मगर र कोषाध्यक्षमा टोपेन्द्र रोका मगर चयन हुनुभएको छ । सदस्यहरूमा हिमाल पुन मगर, रोम थापा मगर, शुसिला घर्ती मगर चयन हुनुभएको छ ।
मगर पत्रकार संघ दाङकी निवर्तमान अध्यक्ष रेखा मगरको अध्यक्षता तथा नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य लक्ष्मण बूढा मगरको प्रमुख आतिथ्यता र मगर संघ दाङका अध्यक्ष खलु प्रसाद पुन मगरको विशिष्ट आतिथ्यमामा प्रथम अधिवेशन भएको थियो ।
अधिवेशनले ८ सदस्यीय कार्यसमिति चयन गरेको र अन्य कार्यसमिति सदस्य थप गर्न बाँकी रहेको सचिव वर्षा मगरले जानकारी दिनुभयो । नयाँ कार्यसमितिको सल्लाहकारमा निवर्तमान अध्यक्ष रेखा मगर, दीपक जिएम, निमुसंगम घर्ती मगर र जेएन सागर रहनुभएको छ ।



