महरालाई साक्षी राखेर प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकताबारे गम्भीर छलफल

महरालाई साक्षी राखेर प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकताबारे गम्भीर छलफल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरालाई साक्षी राखेर प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो । भेटको अवसरमा पूर्व माओवादी र कम्युनिष्ट पार्टीहरुबीच एकताको विषयमा छलफल भएको छ । सँगै मुलुकको समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल भएको जनाएको छ ।

भेटका क्रममा प्रचण्ड र विप्लवबीच अहिलेको पछिल्लो राजनीतिक परिस्थितिबीच गम्भीर छलफल भएको छ । प्राप्त सुचना अनुसार भेटमा विप्लवले पार्टी एकताका लागि सकारात्मक प्रतिक्रिया दिएका छन् ।

Europass CV in Nepal

अहिले तत्कालका लागि भने विप्लव र प्रचण्डबीच सहकार्य गर्ने सहमति भएको छ । यसबाहेक विप्लव र प्रचण्डबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने, नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने र नेकपाले अघि सारेको प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका विषयमा छलफल भएको छ ।

Europass CV in Nepal