चुनावी घोषणापत्र तयार गर्न माओवादीले बनायो नारायणकाजीको नेतृत्वमा १७ जनाको टिम

चुनावी घोषणापत्र तयार गर्न माओवादीले बनायो नारायणकाजीको नेतृत्वमा १७ जनाको टिम

नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि चुनावी घोषणापत्र बनाउने भएको छ।

शनिबार काठमाडौंको पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा तयार पार्ने टिम गठन गरेको हो।

पार्टी प्रवक्ता तथा उपाध्यक्ष कृष्णबहादुर महराले श्रेष्ठको नेतृत्वमा १७ जनाको टिम तयार भएको बताए।

‘घोषणापत्र तयार पार्न एउटा टिम बनाएका छौं। गठबन्धनको तर्फबाट पनि कोसिस भइरहेको छ। हाम्रो एउटा मस्यौदा तयार होस् भनेर हामीले १७ जनाको एउटा टिम बनाएका छौं,’ उनले भने।

त्यस टिममा देव गुरूङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लिलामणि पोखरेल, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा, हरि रोकाय, जाकिर हुसैन, पर्शुराम तामाङ, कृष्ण चौधरी, भीमा ढुंगाना र जगत सिम्खडा छन्।