मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 23 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

बर्दी लगायर अश्लील नृत्य गर्ने सई कारबाहीमा

Himali Patrika 1 मिनेट पढाइ

रौतहट ५ । सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका एक जना सई कारबाहीमा परेका छन्। रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुरस्थित प्रहरी चौकीका प्रमुख सई राजकिशोर साहले प्रहरीको बर्दीमा नै नर्तकीसित अश्लील नृत्य गरेपछि कारबाहीमा परेका हुन् ।

कृष्णाष्टमीको अवसरमा आयोजित मेलाको अवसरमा गरिएको नृत्यमा बर्दीमा नै सई साहले हजारौँ दर्शकको अगाडि अश्लील नृत्य गरेका थिए।

धार्मिक मेलाको अवसरमा आयोजक समितिले अश्लील भोजपुरी गीतको नृत्य आयोजना गरेपछि मातिएर सई साह स्टेजमा नै चढेर नर्तकीसित टाँसिई टाँसिई अश्लील नृत्य गरेपछि उनको आलोचनासँगै भिडियो भाइरल भएको छ।

शान्ति सुरक्षामा रहनुपर्ने प्रहरी नै अश्लील नृत्य गरेपछि जिल्ला प्रहरी कार्यालय रौतहट तानिएको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।