मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

वन निगमको सीईओका लागि दरखास्त आह्वान, के-के चाहिन्छ याेग्यता ? (सूचनासहित)

Himali Patrika 1 मिनेट पढाइ

६ भदाै, काठमाडौं । वन तथा वातावरण मन्त्रालयले वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पदपूर्ति गर्न खुला प्रतिस्पर्धाका लागि विज्ञापन गरेको छ । लिमिटेडको सीईओ पदपूर्ति समिति आज सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

पदपूर्ति समितिका अनुुसार, व्यवस्थापन, कानुन, अर्थशास्त्र, समाजशास्त्र, वातावरण विज्ञान र वन तथा प्राकृतिक स्रोत विज्ञान विषयमा कम्तीमा स्नातकोत्तर तह उर्तिण भएको व्यक्तिले आवेदन दिन सक्नेछ ।

साथै, १० वर्षको कार्यानुभव भएको र ३० वर्ष उमेर पूरा भएको तथा ६५ वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन बुझाउने पर्ने पनि बताइएको छ ।

आवेदन वन तथा वातावरण मन्त्रालयको प्रशासन महाशाखामा बुझाउनुपर्नेछ । साथै इच्छुक व्यक्तिले आवेदनका साथै आफ्नो व्यवसायिक कार्ययोजना बढीमा १५ पेजमा हार्ड कपी र सफ्ट कपी छुट्टाछुट्टै पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।   

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।