मुख्य सामग्रीमा जानुहोस्
Sunday, 20 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

घाेराहीमा माओवादी जुरुक्क उठ्याे, पार्टीको पक्षमा व्यापक जनलहर : अध्यक्ष शर्मा

Himali Patrika 1 मिनेट पढाइ

घाेराही, ४ कार्तिक । नेकपा माओवादी केन्द्रका घाेराही उपमहानगरपालिका अध्यक्ष प्रमाेद शर्माले घाेराहीका सबै वडामा माओवादी केन्द्र निकै उचाइमा पुगेकाे बताउनुभएको छ ।

उपमहानगरपालिका १९ ओटै वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन भए पछि प्रतिक्रिया दिदै उहाँले माओवादी निकै व्यवस्थित र उच्च मनाेबलका साथ अघि आएकाे बताउनु भयाे । “घाेराहीमा माओवादी २०६४ सालकै स्तरमा पुग्ने दिशामम केन्द्रित भएकाे छ,” शर्माले भन्नुभयाे, “माओवादी प्रति आम जनताकाे आकर्षण ह्वात्तै बढेकाे छ ।”

पार्टीका सबै वडाहरूमा निकै भव्य तरिकाले सम्मेलन भएकाे उल्लेख गर्दै शर्माले माओवादीकाे एजेन्डासँग आम जनसमुदाय आकर्षित भएकाे धारणा व्यक्त गर्नुभयाे ।

यसैबीच नेकपा माओवादी केन्द्रले देशभरि वडा सम्मेलन गरेको छ । केही ठाउँमा बिशेष कारण स्थगित भए पनि अधिकांश वडामा सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनबाट दाङमा ९७ जना वडा अध्यक्ष चुनिएका छन् । माओवादीले पहिलोपटक निर्वाचन प्रणालीबाट मतदाता नामावली र मनोनय दर्तासहित सम्मेलन गरेको भए पनि सबै वडामा निर्विरोध नेतृत्व चयन भएको छ ।

दाङका तीन वडामा बिशेष कारण सम्मेलन गर्न नसकिएको भए पनि ९७ वडामा नेतृत्व चयन गरिएको सम्बन्धित वडाका निर्वाचन समितिहरुले जनाएका छन् । वडा नेतृत्व चयन गर्न माओवादीको केन्द्रीय निर्वाचन आयोगले हरेक वडामा तीन सदस्यीय निर्वाचन समिति बनाएको थियो ।

दाङमा ९७ जनामध्ये दुई जना महिला अध्यक्ष घोराही २ मा लेखा अधिकारी र राप्ती ८ मा अञ्जु कार्की निर्वाचित हुनुभएको छ भने कार्य समितिमा भने ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित आएका छन् । नेपालमा यसरी कुनै राजनीतिक दलले यति धेरै प्रतिशत समावेशी सिद्धान्तका आधारमा नेतृत्व चयन गरेको पहिलोपटक हो ।

संविधानले ३३ प्रतिशत महिला सहभागिता र १३ प्रतिशत दलित सहभागिताको ब्यवस्था गरेको भए पनि समावेशी सिद्धान्तको परिकल्पनाकार भएकाले आफ्नो पार्टीले थप दुई प्रतिशत बढी समावेशी बनाएको सो पार्टीले जनाएको छ ।

दाङका विभिन्न वडामा केन्द्रीय नेताहरु जगप्रसाद शर्मा ‘अपार’ रेखा शर्मा, निर्मल आचार्य, हेमराज शर्मा ‘डायमण्ड’ इन्द्रजीत थारु, दामा शर्मा, नारायणी शर्मालगायत प्रदेश नेताहरु लुमाकान्त न्यौपाने, तुलसीराम पुन, भीमबहादुर बुढा मगर, लुमबहादुर कार्की, रामबहादुर दहित, हरिमान पुन, भीमबहादुर ओली, तुलसी डाँगीलगायत पुग्नुभएको थियो । त्यस्तै वडाहरुमा सबै जिल्ला नेताहरु पुग्नुभएका थिए ।

घोराही उपमहानगरपालिकाका १९ वटा निर्वाचित अध्यक्षहरू
१– भीमसेन बुढा
२– लेखा अधिकारी
३– सुमन रोका
४– गुरुप्रसाद न्यौपाने
५– नोमबहादुर केसी
६– खलुप्रसाद पुन
७– चिजबहादुर चौधरी
८– पितालम्बर ओली
९– माघुराम चौधरी
१०– बुद्धिराम चौधरी
११– पूर्णचन्द्र बिक
१२– पूर्णबहादुर बुढा
१३– रिमबहादुर नेपाली
१४– कृतिमान पुन
१५– बामदेव रिजाल
१६– देउमन दमाई
१७– पदमबहादुर केसी
१८– सुरश बुढा
१९– खड्कबहादुर घर्ती

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।