मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 11 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

बालेन शाहको आग्रह : पार्किङका लागि बनाइएका संरचना अन्य रूपमा प्रयोग नगरिदिनुहोला

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पार्किङका लागि बनाइएका संरचना पार्किङमा नै प्रयोग गरिदिन आग्रह गरेका छन् ।

सोमबार शाहको नेतृत्वमा पार्किङ भनेर नक्सा पास भएका तर अन्यरुपमा प्रयोग भएका संरचनाहरुलाई कारबाही गरिएको थियो । बानेश्वरबाट सुरु भएको कारबाही अभियान महानगरका सबै क्षेत्रमा पुग्‍ने मेयर शाहले जनाएका द्बछन् ।

उनले त्यस्ता संरचनाहरुको अनुगमन, खोजी र कारबाही निरन्तर चल्ने जनाएका छन् । अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर महानगरपालिकाले ३५ दिने सूचना निकालेको थियो ।

शाहले पार्किङका लागि बनाइएका संरचनाहरु पार्किङमा नै प्रयोग गर्न आग्रह गर्दै भनेका छन्,’सहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुनेछ, सडकमा पार्किङ गर्नु पर्ने बाध्यता कम हुनेछ भने महानगरलाई पार्किङ व्यवस्थापनका लागि योजना बनाउन सहज हुनेछ । ‘

उनले कारबाहीमा पर्नुभन्दा महानगरप्रतिको जिम्मेवारीले सबैलाई सचेत बनिदिन पनि आग्रह गरेका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।