मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

प्रचण्डले वेवास्ता गरे, लडाकुको उपचार अब एमालेले गर्छ : ओली

Himali Patrika 1 मिनेट पढाइ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धमा घाइते भएका लडाकुको उपचार अब एमालेले गर्ने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने लोभमा घाइते तथा द्वन्द्व पीडितको वेवास्ता गरेको आरोप ओलीको छ। ‘प्रचण्ड गठबन्धनबाट प्रधानमन्त्री बन्ने लोभमा छन्।

तीन पटक प्रधानमन्त्री बन्नुपर्‍या छ। उनले घाइतेहरुको वेवास्ता गरेका छन्। गोली लागेका लडाकुहरु एमालेको केन्द्रीय कार्यालयमा आउनुस्। तपाइँहरुको उपचार एमालेले गर्छ,’ओलीले भने।

जनयुद्धका लडाकुको व्यवस्थापनमा भन्दा प्रचण्ड परिवारको व्यवस्थापनमा लागेको ओलीले बताए।‘प्रचण्डका सात पुस्ता वरपर हेर्नुस् त युरिया हालेजत्तिकै छन्। तर लडाकु र योद्धाको के हालत छ। शान्तिप्रक्रियाका काम पीडितहरुलाई न्याय दिनेगरी टुंग्याइनुपर्छ। त्यो काम एमालेले गर्छ। प्रचण्डले गर्दैनन् रोक्छन्,’ ओलीले भने।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।