मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

पत्रकार प्रकाश वलीलाई तत्काल रिहाइ गर्न प्रेस सेन्टर दाङकाे माग

Himali Patrika 1 मिनेट पढाइ

८ भदाै, घाेराही । प्रेस सेन्टर नेपाल, दाङले पत्रकार हेमन्त प्रकाश वलीलाई तत्काल रिहाइ गर्न माग गरेकाे छ ।

प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा र सचिव जनक नेपालीले विज्ञप्ति जारी गरेर सरकारलाई प्रेस स्वतन्त्रता बिराेधी हर्कत बन्द गर्न माग गर्नुभएकाे छ ।
विप्लव सम्बद्ध नेकपाले आयाेजना गरेकाे बन्दकाे समाचार संकलन गर्न गएका जनपत्रकार संगठन दाङका अध्यक्ष वलीलाई मंगलबार बिहान प्रहरीले तुलसीपुरबाट पक्राउ गरेकाे थियाे ।

“लाेकतान्त्रिक सरकारकाे यश प्रकारकाे प्रेस स्वतन्त्रता बिराेधी हर्कत बन्द गर्न हामी जाेडदार माग गर्दछाैं,” विज्ञप्तिमा भनिएकाे छ, “हेमन्तजीलाई तत्काल रिहाइका लागि हामी सरकार समक्ष अनुराेध गर्दछाैं ।”

साथै सेन्टरले लाेकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता आभारभूत मान्यता भएकाे बताएकाे छ । “कुनै पनि दलमा आस्था राख्नु र उसलाई समर्थन गर्न पाउनु हरेक पेशामा जाेडिएका आम नागरिकको नैसर्गिक अधिकार हाे,” विज्ञप्तिमा भनिएकाे छ, “आस्थाकै आधारमा पत्रकारहरू माथिकाे धरपकड अत्यन्त खेदजनक छ, हामी यश प्रकारकाे संविधान बिराेधी तथा मानवअधिकार बिराेधी हर्कत तत्काल बन्द गर्न सरकार समक्ष हार्दिक अनुराेध गर्दछाैं ।”

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।