मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

मौसम उपडेट : प्रदेश १ मा वर्षा र हिमपातको सम्भावना

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं। देशभर आज मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार विहान जारी मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने विभागले जनाएको छ । प्रदेश १ का केही स्थानमा हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ ।

राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने उल्लेख छ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।