मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

रोटरी क्लव अफ दाङले बृहत रक्तदान कार्यक्रम गर्ने

Himali Patrika 1 मिनेट पढाइ

केशरमान बुढाथोकी

घोराही, ८ भाद्र । ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने परोपकारी महान उद्देश्य सहित स्थापित रोटरी क्लव अफ दाङले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।
‘रक्तदान जीवन दान’ भन्ने नारालाई शिरोपर गर्दै हाल अस्पतालमा रगत पाउन मुस्किल भएको अबस्थामा रक्तदान गरेर मानव सेवामा सरिक हुन सम्पूर्ण रोटरी र रोट्याक्ट क्लवमा आवद्ध भएका र नभएका युवाहरुलाई रोटरी क्लव अफ घोराहीका अध्यक्ष ओविन्द्र महराले आव्हान गरे ।

यहि भाद्र १० गते शुक्रबार घोराहीको होटेल माला इनको प्रांगणमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रम बिहान ७ बजे देखि साढे ९ बजे सम्म चल्ने र रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गरिदिन नेपाल रेडक्रस सोसाइटी दाङ शाखा घोराहीलाई अनुरोध गरिएको कार्यक्रमका संयोजक डाक्टर आशीस उप्रेतीले बताए ।
हाल दाङमा बिरामीको संख्या अत्याधिक बढेको र मृगौला पीडितहरुको डाइलासिस गर्ने संख्या पनि बढेकाले अस्पतालमा रगतको अभाव हुन नदिन रक्तदान गर्न लागिएको डाक्टर उप्रेतीको भनाइ छ ।

समाजसेवाको भावले स्थापना गरिएको क्लबले समाजमा जे कुराको आवश्यकता हुन्छ त्यहि परिपूर्ती गर्नुपर्ने भन्दै हाल आफुहरु रक्तदान गर्न लागिएको उनको भनाइ छ । रोटरी क्लव अफ दाङले आयोजना गरेको रक्तदान कार्यक्रममा रोट्याक्ट क्लवले सहकार्य गर्ने छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।