मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

बालेनले अवैध संरचना भत्काएपछि व्यापारीहरु बने आक्रोशित

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ महानगरपालिकाले नक्शा पास विना अवैध रुपमा बनाइएको काठमाडौँ मलको संरचना भत्काएपछि स्थानीय व्यापारीहरु आक्रोशित भएका छन्। काठमाडौँ मल छेउमा पसल राखेर व्यवसाय गर्दै आइरहेका उनीहरुले आक्रोश पोखेका हुन्।

संरचना भत्काउँदै गर्दा एक व्यापारीले महानगरले अवैध संरचना भत्काउने काम स्वागतयोग्य भएपनि मानवताको हिसाबले व्यापारीलाई केही समय दिनुपर्ने धारणा राखे। सबै व्यापारीलाई एक ठाउँ राखेर महानगरले एकपटक कुरा गरेको भए व्यापारीलाई धेरै मर्का नपर्ने उनको भनाई छ।

अर्का व्यापारीले आफूहरुले सञ्चयकोषको जग्गामा संरचना बनाएर व्यापार गर्न ठेकेदारमार्फत सम्झौता गरेको भन्दै सञ्चयकोष र महानगरबीचको सहमतीमा संरचना भत्काएको भए उपयुक्त हुने बताए। उनले आफूहरुको सम्झौता अनुसार अझै साढे दुई वर्ष भोगचलन गर्न बाँकी रहेकाले सञ्चयकोषसँग कुरा गर्ने पनि बताए।

काठमाडौँ मलमै भेटिएका अर्का व्यापारीले आफूहरुले सम्झौता अनुरुप भाडा तिरिरहेको र राज्यलाई कर पनि तिरिरहेको भन्दै संरचना भत्काउँदा लगानी अनुरुपको क्षतिपुर्ति दिनुपर्ने माग गरे। व्यापारीलाई अन्य ठाउँमा व्यवस्थापन गर्नुपर्नेमा पनि उनले जोड दिए।

काठमाडौँ महानगरपालिकाले न्युरोडस्थित आरबि कम्प्लेक्समा पनि नक्शा पास विपरित बनाएको संरचना भत्काएको छ। सो स्थानमा ड्युटीमा खटिएका एक नेपाल प्रहरीका अधिकारीले संरचना भत्काउने मुल जिम्मेवारी महानगरको भएपनि आफूहरु सुरक्षाको निम्ति उपस्थित भएको बताए ो। उनले अण्डरग्राउण्ड पार्किङका लागि नक्शा स्वीकृत गरेर अन्य प्रयोजनका लागि प्रयोग गरिरहेको संरचनाहरु हटाउँदै जाने सूचना आफूले पाएको बताए।

अवैध संरचना हटाउनका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह आफैँ पुगेका थिए। महानगरपालिकाले ३५ दिने सूचना गोरखापत्रमा प्रकाशित गरिसकेको र सम्बन्धित ठाउँमा पनि टाँस गरेको भएपनि अटेर गरेका कारण महानगरपालिकाले भत्काएको हो।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।