मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 11 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

जिल्ला अदालत काठमाडौंले बुझायो महानगरलाई नक्सा पासको विवरण

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ ।  काठमाडौं जिल्ला अदालतले महानगरपालिकालाई नक्सा पासको विवरण उपलब्ध गराएको छ । महानगरका सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतले महानगरलाई नक्सा पासको विवरण बुझाएको बताए ।

उनका अनुसार महानगरको अभिलेखमा अदालतको नक्सा पासको विवरण थिएन । त्यही बमोजिम महानगरले अदालतलाई नक्सा पास भए/नभएको विवरण उपलब्ध गराउन भने पत्र काटेको थियो ।

महानगरले अदालतले उपलब्ध गराएको नक्साको डिजिटल अभिलेख गरेको शाक्यले जानकारी दिए । अदालतको बेसमेन्ट भने पार्किङ प्रयोजनमै भइरहेको उनले बताए ।जिल्ला अदालतले भने दुई वर्षदेखि फुटपाथमै एउटा ट्रक र बस पार्किङ गरेर राखेको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।