मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 10 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

बालेनलाई साम्पाङको अर्को कटाक्ष: सबैको बाँच्ने अधिकार हुन्छ

Himali Patrika 1 मिनेट पढाइ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहको काममाथि अर्को टिप्पणी गरेका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्। उनले व्यवस्थापन नमिलाई विस्थापित गर्न नहुँने बताएका छन्। उनले लेखेका छन्, ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाइ कसैलाई विस्थापित गर्न हुँदैन। सबैको बाँच्ने अधिकार हुन्छ!’ काठमाडौं महानगरले पछिल्लो समय अनधिकृत रुपमा राखिएका संरचना र फुटपाथ पसल हटाउने अभियान चलाइरहेको छ।

बालेनले शक्तिको दुरुपयोग गरे : काठमाडौं उद्योग वाणिज्य संघ

काठमाडौंका व्यापारीहरुको संस्था काठमाडौं उद्योग वाणिज्य संघले महानगरका मेयर बालेन (बालेन्द्र) साहले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ । महानगरले केही दिनदेखि अवैध संरचना हटाउने अभियान सुरु गर्दा साना व्यापारीहरु मर्कामा परेको भन्दै संघले गम्भीर आपत्ति जनाएको हो ।

घरधनी र महानगर बीचको विवादको भुङ्ग्रोमा व्यापारीलाई पारिएको संघका अध्यक्ष दिनेश श्रेष्ठले बताए । ‘अहिलेको विवाद घरबेटी र महानगरको हो, यसमा किन साना व्यवसायीको बिचल्ली बनाइयो ?,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘जननिर्वाचित मेयरले शक्तिको दुरुपयोग गरे, आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार किन हुन्न ?’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका श्रेष्ठले मेयरको अभियानले दशैंको मुखैमा व्यवसायी माथि भएको अन्यायबारे साझा धारणा बनाउन संघको आपतकालीन बैठक बोलाइएको पनि बताए ।

उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पनि यस विषयमा साझा धारणा बनाउने उनले बताए । ‘काठमाडौं, उद्योग वाणिज्य संघको आपत्कालिन बैठक बस्दै छौं, महासंघले पनि साझा धारणा बनाउन अध्यक्षसंग कुराकानी गर्दैछु,’ श्रेष्ठले भने, ‘कोभिड-१९ र आर्थिक संकटको मारमा परेको उद्योगी माथि निर्वाचित मेयरले शक्ति परिचालन सही ठाउँमा गर्नु पर्छ ।’

भाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करौडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गरिनु पर्ने पनि अध्यक्ष श्रेष्ठले बताए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।