मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

आलोचित बनेका स्वास्थ्यकर्मीले माफी मागे

Himali Patrika 1 मिनेट पढाइ

दाङ।  कार्यालय पोशाकमै ‘डगी डान्स’ गरेपछि आलोचित बनेका स्वास्थ्यकर्मीले माफी मागेका छन् । दाङको बबई गाउँपालिकाले सञ्चालन गरेको हापुरे प्राथमिक अस्पतालमा कार्यरत कर्मचारीले ‘डगी डान्स’ गरेपछि चौतर्फी आलोचना भएको हो ।

विप्लवसहितका ४ राजनीतिक दलले गरेको बन्दको दिन कार्यालयमै अस्पताल प्रमुखसंग अनुमति लिएर उनीहरुले तीज बिशेष कार्यक्रम गरेका थिए । तीज बिशेष कार्यक्रममा कार्यालयको पोशाकमै रहेका बेला अस्पतालमा कार्यरत कार्यालय सहयोगी सन्ध्या बुढाले उक्त नाच प्रस्तुत गरेकी थिइन् । त्यो नाच प्रिङ्का वलीको मोवाईलमा खिचिएको थियो । प्रिङ्काले त्यसलाई आफ्नो टिकटकमा राखेपछि उनीहरुको चौतर्फी आलोचना भएको छ ।

त्यसपछि त्यो टिकटक सामाजिक सञ्जालमा भाइरल भयो । धेरै टिकाटिप्पनी भएपछि स्वास्थ्यकर्मीहरुले सामूहिक रुपमा माफी मागेका छन् । बिहीबार उनीहरुले टिकटकबाटै माफी मागेका हुन् । उनीहरुले गीत र भिडियो भुलबस पोष्ट भएकोमा माफी मागेका हुन् । सामाजको आफ्नो दायित्व नभुल्ने र मर्यादामा रहेर सेवा गर्ने जिम्मेवारीबाट आफूहरु बिमुख नभएको उनीहरुको भनाई छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।