९ भदौ, काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले आज बिहीबार दिनभर काठमाडौंको बानेश्वर शंखमुल आसपासका मापदन्डविपरीतका संरचना खाली गराउँदै, भत्काउँदै हिँडे । साँझ आफ्नै आयोजनामा महानगरपालिकाका कर्मचारीलाई दर खुवाउन अघि सरे ।
उपमेयर सुनीता डंगोलसहित पुगेका बालेनले महानगरका कर्मचारी महिलाहरुसँग तीजको रहर आयो बरिलै जस्ता गीतहरुमा नाचे । उपमेयर सुनीता भने थपडी बजाउँदै बसे पनि नाच्न भने अन्कनाइन् । महानगरको तीज अहिले पनि काठमाडौंको सभागृहमा चलिरहेको छ ।
फोहोर नियमितरुपमा बञ्चरे डाँडा जाँदैछः मेयर शाह
काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले फोहोर नियमितरुपमा बञ्चरे डाँडासम्म गइरहेको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत् घरघरमा थुप्रिएका फोहोरहरु पनि नियमितरुपमा संकलन हुने बताएका हुन्। उनले जनचेतनाका लागि आम नागरिकलाई सडकमा फोहोर नफल्न अनुरोध गरेका छन्।
मेयर शाहले सबैको सहभागिता र योगदानबाट मात्रै काठमाडौँ महानगरलाई सफा, सुन्दर र स्वस्थ महानगरको परिकल्पना साकार गर्न सक्ने बताए। उनले जनताको विश्वास छ र साथको अपेक्षा राखेका छन्।



