मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

पछिल्लो घटनाक्रम बारे बाबुरामले भने, ‘वेल डन बालेन, किप इट अप’

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सञ्चालन गरिरहेको अनधिकृत संरचना भत्काउने अभियानलाई समर्थन गरेका छन्।

मेयर शाहले नक्सा पास नभएका र अवैध रूपमा खडा गरिएका संरचना भत्काउने अभियान सञ्चालन गरेपछि उनलाई स्याबासी दिँदै नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले यसलाई निरन्तरता दिन आग्रह गरेका छन्।

डा भट्टराईले अल्फाबिटा कम्प्लेक्सका सञ्चालकलाई नक्सा देखाउँदै गरेको तस्बिरसहित ट्विटरमा लेखेका छन्, ‘वेल डन बालेन शाह, किप इट अप।’

काठमाडौं महानगरपालिकाले विहिबार नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा डोजर लगाएको छ। बिहीबार दिउँसो डोजरसहित अल्फाबिट कम्प्लेक्स पुगेका मेयर बालेन र अल्फाबिटाका द्विराज शर्माको भनाभन परेको थियो। सञ्चालक शर्माले अवैध भन्नुअघि भवनको नक्सा देखाउनु पर्ने बताएका थिए।

मेयर शाह ‘तपाईंको घरको नक्सा मसँग हुन्छ’ भन्दै झोक्किएका थिए। शर्मासँग भनाभन भएपछि बालेन सोझै महानगर कार्यालय आएका थिए। कार्यालयमा आएर अल्फाबिटाको नक्सा र डोजर लिएर उनी पुनः अल्फाबिटा पुगेर अवैध संरचना भत्काएका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।