मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

माओवादी केन्द्र दाङको इन्चार्जमा निर्मल आचार्य 

Himali Patrika 1 मिनेट पढाइ

१२ भदौ, घोराही । नेकपा माओवादी केन्द्रको दाङ जिल्ला इन्चार्जमा निर्मल आचार्य चयन हुनुभएको छ । लुम्बिनी प्रदेश समितिको शनिवार बुटवलमा बसेको बैठकले  आचार्यलाई दाङ जिल्ला पार्टीको इन्चार्जको जिम्मेवारी दिएको हो ।

पार्टी पोलिटब्युरो सदस्य आचार्य लामो समय सहइन्चार्जको जिम्मेवारीमा रहनुभएको थियो । गत बैशाखमा पुर्व जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी परित्याग गरेर एमाले प्रवेश  गरेपछि रिक्त रहेको इन्चार्जको जिम्मेवारी आचार्यले पाउनुभएको छ । 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।