मुख्य सामग्रीमा जानुहोस्
Thursday, 12 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

काठमाडौं मलले नक्सा पास नगरे महानगरले मलकाे भवन भत्काउने

Himali Patrika 1 मिनेट पढाइ

कर्मचारी सञ्चय कोषको भवन ‘काठमाडौं मल’ को नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएको छ। आइतबार कर्मचारी सञ्चय कोषका पदाधिकारी काठमाडौं महानगरपालिका बिच भएको छलफलमा कोषको नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएको हो।

कर्मचारी सञ्चय कोषले महानगरपालिकाबाट नक्सा पास नभएता पनि भवन निर्माण गरेको थियो। सञ्चय कोषले नक्सा पास र भवन निर्माण इजजात दुवै नगरेमा महानगरले भवन भत्काउने काठमाडौं महानगरका मेयरकाे स्वकीय सचिव भुपदेव साहले बताए।

उनले भने,’यही विषयको बारेमा अहिले छलफल भइरहेको छ। यो कुरामा सञ्चय कोषले अटेर गरिरहेको छ। यदि सञ्चय कोषले नक्सा पास र भवन निर्माण इजजात दुवै नगरेमा महानगरले भवन भत्काउँने छ।’ पछिल्लो समय काठमाडौं महानगरले अवैध संरचना भत्काउने अभियान थालेको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।