प्रचण्डको निर्वाचन क्षेत्रमा रेणु दाहाल चुनावी कमाण्डर

प्रचण्डको निर्वाचन क्षेत्रमा रेणु दाहाल चुनावी कमाण्डर

काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार बागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीहरुको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरिएको हो ।

दुई महिना चुनावी मैदानमा खटिने गरी सबै केन्द्रीय सदस्यलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर जिम्मेवारी दिइएको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।

बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिसभा क्षेत्रमध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ को जिम्मा रेणु दाहालले पाएकी छिन् । भरतपुर महानगरकी मेयर समेत रहेकी रेणु नेकपा माओवादी केन्द्र चितवनकी इन्चार्ज समेत हुन्।