मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नर्भिकको विषयमा बोलेको भन्दै बालेनविरुद्ध सर्वोच्चमा अदालतको अवलहेलना मुद्दा

Santosh Dangi 1 मिनेट पढाइ

१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ ।

अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारवाही हुनुपर्ने माग राखी निवेदन दिएका थिए । उक्त निवेदनमाथि सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको छ ।

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको थियो । उक्त आदेशको विरुद्धमा बालेनले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए ।

उनको प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै जोशीले सर्वोच्च अदालतमा निवेदन दिएका हुन् । निवेदनलाई स्वीकारेर अदालतले शाहका नाममा आदेश जारी गरेमा उनले आफू स्वयं उपस्थित भई वा वारेस मार्फत लिखित जवाफ पेश गर्नुपर्ने हुन्छ ।

Avatar photo
Santosh Dangi

Santosh Dangi is an executive editor and co-founder of himalipatrika.com, a news portal of Himali Media Group.

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।