मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

थिमि नगरपालिकाले पनि अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र नहटाए कारबाही गर्ने

Santosh Dangi 1 मिनेट पढाइ

भक्तपुरस्थित मध्यपुर थिमि नगरपालिकाले सडक अतिक्रमण हुने गरी बनाइएका संरचनाहरू ३५ दिनभित्र हटाइसक्न निर्देशन दिएको छ। आज सूचना जारी गर्दै नगरपालिकाले अतिक्रमण गरी बनाइएका संरचना नहटाए कारबाही गर्ने चेतावनी पनि दिएको छ।

अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगरका भित्री सडक र क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डविपरीत संरचना बनाइएको पाइएको नगरपालिकाको भनाइ छ।सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी बनाइएका त्यस्ता संरचना ३५ दिनभित्र हटाउन र नहटाएमा कारबाही गरिने नगरपालिकाले बताएको हो।

यस्तै सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्नेलाई पनि त्यसो नगर्न नगरपालिकाले चेतावनी दिएको छ।

Avatar photo
Santosh Dangi

Santosh Dangi is an executive editor and co-founder of himalipatrika.com, a news portal of Himali Media Group.

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।