विद्यासुन्दर दुई क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस

विद्यासुन्दर दुई क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस

काठमाडौं महानगरपालिकाको मेयरका रुपमा आफ्नो पाँच वर्षे कार्यकाल सफल बनाउन नसकेका विद्यासुन्दर शाक्यलाई दुई ठाउँबाट संघीय सांसदको उम्मेदवरका रुपमा नेकपा एमालेले सिफारिस गरेको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका राजुराज जोशीलाई हराउँदै मेयर बनेका शाक्यको सुस्त कार्यशैलीका कारण एमालेले चर्को आलोचना खेप्नुपरेको थियो।शाक्यकै कार्यअक्षमताका कारण समेत एमालेले यो स्थानीय तह निर्वाचनमा पकड हुँदा हुँदै पनि मेयर पद गुमाएको थियो।

अनेक विवादमा परेपछि मेयरका उम्मेदवार केशव स्थापित बालेन्द्र शाहसँग पराजित भएका थिए। स्थापितलाई खुलेर सहयोग नगरेको आरोप उनीमाथि लागेको थियो।यस्तोमा शाक्यलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेका दुईवटा क्षेत्रीय कमिटिले जिल्लामा सिफारिस गरेका हुन्।

Europass CV in Nepal

शाक्यको नाम काठमाडौं क्षेत्र नम्बर ७ बाट संघीय सांसदको उम्मेदवारका लागि सिफारिस भएको हो। क्षेत्र नम्बर ७ बाट यसअघि ललितपुर उठ्दै आएका रघुजी पन्तसको नाम पनि सिफारिस भएको छ।

शाक्य र पन्तसँगै इन्दिरा पन्त, बीपी ढकाल र श्याम घिमिरेको नाम पनि संघीय सांसदको उम्मेदवारका लागि एमालेले सिफारिस गरेको छ। एक क्षेत्रबाट बढीमा ३ जनाको मात्रै नाम पठाउन एमालेको निर्देशन थियो।

त्यस्तै पूर्वमेयर शाक्यको नाम काठमाडौं क्षेत्र नम्बर ९ बाट पनि सिफारिस भएको छ। एमालेले यो क्षेत्रबाट पूर्वमन्त्री एवम् स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य र डा. अजय क्रान्ति शाक्यको नाम पनि सिफारिस गरेको छ।

Europass CV in Nepal