मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 8 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

सरकारी अस्पतालको सेवा भद्रगोल रहेकोबारे छलफल गर्न मेयर शाह पुगे स्वास्थ्य मन्त्रालय

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङसँग भेटवार्ता गर्नुभएको छ । काठमाण्डौ महानगरपालिकाभित्र रहेका ठूला सरकारी अस्पतालमा सेवा प्रवाह राम्रो नभएको, फोहर व्यवस्थापन नभएको, शुल्क महँगो भएको लगायतका गुनासा आएको भन्दै मेयर शाहले स्वास्थ्य मन्त्रीलाई भेट्नुभएको हो ।

छलफलमा स्वास्थ्य मन्त्री खापुङ, राज्यमन्त्री हिराबहादुर केसी, स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, वीर अस्पताल, ट्रमा सेन्टर, प्रसूति गृह, सिभिललगायतका अस्पतालका निर्देशक सहभागी थिए ।

मेयर शाहका कुरा सुनेपछि मन्त्री खापुङले आफूले यसअघि नै सबै अस्पतालका निर्देशकलाई एक महिनाभित्र गुनासो सम्बोधन हुने गरी काम गर्न निर्देशन दिएको बताउनुभयो । निर्देशकहरूले नै एक महिनाको समय मागेको र त्यो समयसम्म कुर्ने र प्रगति सन्तोषजनक नपाइएमा थप कदम चाल्ने मन्त्री खापुङको भनाइ थियो ।

छलफलमा मेयर शाहले अस्पतालको अनुगमनमा जाने प्रस्ताव गर्नुभएको थियो, जवाफमा मन्त्री खापुङले अस्पतालका निर्देशकहरूले मागेको एक महिनाको समय कुर्न र त्यसपछि अनुगमनमा जाँदा उपयुक्त हुने बताउनुभयो । अस्पतालहरूमा फोहर, शौचालय छिर्नै नसकिने अवस्था, बेडका खोल नफेरिने, कर्मचारीले रुखो व्यवहार गर्नेलगायतका गुनासो आएको मेयर शाहले बताउनुभएको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।