मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

गोरखा १ मा प्रचण्ड, २ बाट नारायणकाजी उम्मेदवार बनाउन सिफारिस

Himali Patrika 1 मिनेट पढाइ

नेकपा माओवादी केन्द्र गोरखाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ। यद्यपी प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ मै उठ्ने बताइरहेका छन्। आजै सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा पनि अध्यक्ष प्रचण्डले आफू चितवन ३ मै उठ्ने बताएका थिए।

माओवादी केन्द्र गोरखाले भने अध्यक्ष प्रचण्डसहित हरिराज अधिकारी र सुशीला सिंखडाको नाम उम्मेदवारमा सिफारिस गरेको छ। हरिराज २०७४ को चुनावमा गोरखा १ बाट निर्वाचित भएका थिए।

यीबाहेक इच्छुक अन्य नेता, कार्यकर्ताका नामसमेत समावेश गरी केन्द्रमा उम्मेदवार सिफारिस गरिने माओवादी केन्द्र गोरखाका नेता लेखबहादुर थापाले सेतोपाटीलाई जानकारी दिए।

गोरखाको क्षेत्र नम्बर २ बाट भने नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चुडामणि खड्का र लेखनाथ न्यौपाने उम्मेदवार सिफारिस भएका छन्। २०७४ को चुनावमा वाम गठबन्धनबाट नारायणकाजी यो क्षेत्रमा उम्मेदवार थिए।

त्यसबेला नेपाली कांग्रेसको समर्थनमा तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले चुनाव जितेका थिए। बाबुरामले मंसिर ४ मा हुने चुनावमा हँसिया हतौडाबाट चुनाव उठ्ने तयारी गरेका छन्। बाबुरामले गोरखा २ बाट उठ्ने बताइरहेका छन्।

माओवादी गोरखाका नेताहरूले भने बाबुराम गोरखा २ मा उठ्नभन्दा पनि सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी देशका अन्य क्षेत्रमा चुनाव उठ्नुपर्ने बताएका छन्। तर माओवादीकै चुनाव चिन्ह हँसिया हतौडाबाट चुनाव लड्ने र पार्टी एकतासमेत हुन सक्ने भएकोले केन्द्रले गर्ने निर्णय आफूहरूले मान्ने माओवादीका एक नेताले बताए।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।