मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 11 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

बेलायतलाई उछिन्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बन्यो भारत

Himali Patrika 1 मिनेट पढाइ

भारत बेलायतलाई पछि पार्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बन्न सफल भएको छ। बेलायत एक स्थान खस्किँदै छैटौं स्थानमा झरेको छ। ब्लूमवर्गको रिपोर्टअनुसार सन् २०२१ को तेस्रो त्रैमासमा भारतले अर्थतन्त्रको आकारको हिसाबमा बेलायतलाई उछिनेको हो। यो गणना अमेरिकी डलरको आधारमा गरिएको हो।

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका अनुसार कूल घरेलु उत्पादनको तथ्यांकअनुसार भारतले यो आर्थिक वर्षको पहिलो तीन महिनामा नै बेलायतलाई पछि पारेको हो। भारतमा अप्रिलदेखि नयाँ आर्थिक वर्ष सुरु भएको हो।

भारतीय अर्थतन्त्रको आकार नोमिनल क्यास टम्र्समा ८ खर्ब ५४ अर्ब ७० करोड डलर छ। बेलायतको अर्थतन्त्रको आकार भने ८ खर्ब १६ अर्ब डलर छ। यस वर्ष भारतको अर्थतन्त्र ७ प्रतिशतले बढ्ने अनुमान छ।

पछिल्लो समय बेलायतको अर्थतन्त्र भने खस्किँदो छ। बेलायतका नयाँ प्रधानमन्त्रीलाई मुलुकको अर्थतन्त्रमा सुधार ल्याउनु ठूलो चुनौती हुनेछ। सेप्टेम्बर ५ मा बेलायतमा प्रधानमन्त्रीको लागि निर्वाचन हुँदै छ। अहिले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रुपमा अमेरिका छ। त्यसपछि चीन, जापान र जर्मनी छन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।