मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 29 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अर्थ वाणिज्य

यस कारण नेपाली चिया प्रतिबन्ध लगाउन जोरदार माग गरिदै छ भारतमा

Himali Patrika 1 मिनेट पढाइ

नेपाली चियालाई प्रतिबन्ध लगाउन भारतले आयातकर्तामाथि विभिन्न अंकुश लगाउन थालेको नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताए । भारतका लागि नेपाली चिया ‘टाउको दुखाइ’ बन्दै गएको उनको भनाइ छ । ‘आयातमा रेस्ट्रिक्सन लगाइहालेको छ हैन । तर दुःख दिन भने सुरु गरेको छ ।’ टी बोर्ड अफ इन्डियाले नेपाली चियाको आयात नरोके लाइसेन्स रद्द गर्नेसम्मको धम्की दिन थालेको भारतका एक आयातकर्ताले जनाए । भारतका चिया उद्योग र टी फोरम अफ इन्डियाले पनि नेपालका चिया आयातप्रति चिन्ता व्यक्त गरेका छन् । ती संस्थाले पनि नेपाली चियाको आयात तत्काल रोक्न सरकारसँग माग गर्दै आएका छन् ।

अघिल्लो वर्षको तुलनामा नेपाली चियाको आयातमा ३४ प्रतिशत वृद्धि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सस्तो नेपाली चिया भारतीय चियाका रूपमा विश्व बजारमा बिक्री हुँदै आएको टी बोर्ड अफ इन्डियाका उपाध्यक्ष डा. केएन राघवनको भनाइ छ । ‘नेपाली चियाले दार्जिलिङको चियामाथि आक्रमण गरिरहेको छ, यो गलत हो,’ उनले भने । भारतका केही व्यापारीले नेपाली चियालाई दार्जिलिङ ब्रान्डका रूपमा तेस्रो देश निर्यात गर्दै आएका छन् । जसले दार्जिलिङ ब्रान्डको छवि बिग्रिएको उपाध्यक्ष राघवनको भनाइ छ ।

यसअघि बंगालका श्रममन्त्री बेचाराम मन्नाले मुख्यमन्त्री ममता बनर्जीलाई ‘लिखित सिकायत’ गरेर नेपालको चिया आयात रोक्न माग गरेका थिए । नेपाली चिया दार्जिलिङ ब्रान्डका रूपमा तेस्रो देश निर्यात भइरहेको बताउँदै उनले गलत काम गर्ने व्यापारीलाई बनर्जीमार्फत कारबाहीको समेत माग गरेका थिए ।

केही भारतीय व्यापारीले नेपाली चियालाई दार्जिलिङ ब्रान्ड बनाएर युरोप, अमेरिकालगायत मुलुकमा निर्यात गर्ने गरेका छन् । ‘मुख्य रूपमा यही कारण नेपाली चियालाई रोक लगाउन खोजिएको हो,’ चिया उद्यमी उदय चापागाईंले भने, ‘कसरी हुन्छ, नेपाली चिया रोक्नु भारतको नियत हो ।’ भारतीय अवरोधका कारण एक सातादेखि नेपाली चिया निकासी हुन नपाएको नेपाली चिया निर्यातकर्ता रोशन अग्रवालले जनाए । ‘टी बोर्डवाट पर्मिट लिएर मात्रै नेपाली चिया निर्यात हुने नियम सुरु भएको छ ।’ कान्तिपुरबाट 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।