मन्त्रीलाई लाइनमा लगाउने सुरक्षागार्ड भेट्न प्रहरी हिरासतमै गए रबि लामिछाने

मन्त्रीलाई लाइनमा लगाउने सुरक्षागार्ड भेट्न प्रहरी हिरासतमै गए रबि लामिछाने

दाङ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा लाग्न भन्दै हपारेको आरोपमा प्रहरी हिरासतमा रहेका सुरक्षागार्ड शेरजंग गुरुङलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रबी लामिछाने प्रहरी हिरासतमै पुगेका छन्। 

रबी लामिछानेले फेसबुकमा  लेखेका छन् ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङ सँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु।’  उनले कानुन सबैलाई बराबर हुने समेत जिकिर गरेका छन्। 

यस्तो छ रबी लामिछानेले  शेरजंग गुरुङलाई भेटेर प्रहरी हिरासतबाट आएपछि लेखेको स्टाटस 

प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङ सँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ। शेरजंग जी भन्नु हुन्छ “गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुर्व्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो।”

 यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस् ।