मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

मन्त्रीलाई लाइनमा लगाउने सुरक्षागार्ड भेट्न प्रहरी हिरासतमै गए रबि लामिछाने

Himali Patrika 1 मिनेट पढाइ

दाङ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा लाग्न भन्दै हपारेको आरोपमा प्रहरी हिरासतमा रहेका सुरक्षागार्ड शेरजंग गुरुङलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रबी लामिछाने प्रहरी हिरासतमै पुगेका छन्। 

रबी लामिछानेले फेसबुकमा  लेखेका छन् ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङ सँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु।’  उनले कानुन सबैलाई बराबर हुने समेत जिकिर गरेका छन्। 

यस्तो छ रबी लामिछानेले  शेरजंग गुरुङलाई भेटेर प्रहरी हिरासतबाट आएपछि लेखेको स्टाटस 

प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङ सँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ। शेरजंग जी भन्नु हुन्छ “गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुर्व्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो।”

 यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।