मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अल्फाबिटाका सञ्चालक द्विराज शर्मा काठमाडौं १ बाट चुनाव लड्ने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं महानगरले अनधिकृत रुपमा बनेका भौतिक संरचना भत्काउन थालेपछि चर्चामा आएका अल्फाबिटाका सञ्चालक द्विराज शर्मा शिवाकोटीले प्रतिनिधि सभाको चुनावमा लड्ने तयारी गरेका छन्। उनले काठमाडौं क्षेत्र नं १ बाट चुनाव लड्न चाहेका छन्।

महानगरको उक्त अभियानमा मेयर बालेन्द्र शाहसँग चर्काचर्कीपछि उनी चर्चा र विवादमा परेका थिए। द्विराज २ दशक बढी समयदेखि शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जालगायत क्षेत्रमा आबद्ध उनी चर्चित झापा विद्रोहका अभियन्ता शिवप्रसाद शिवाकोटीका छोरा हुन्।

माओवादीले बुधबार  सम्ममा सिट बाँटफाँट टुंगो लगाउने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि (बुधबार) सम्ममा सिट बाँटफाँट टुंगो लगाउने गरी छलफल भइरहेको बताएका छन् । आज धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भोलि शीर्ष तहका नेताहरु बसेर सिट टुंगो लगाउने तयारी भइरहेको जानकारी दिएका हुन् । उनले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा पाएको कार्यदललाई आज बेलुकीसम्मको समय दिइएको पनि बताए ।

माओवादी केन्द्रले पनि ६० सिटमा दाबी गरेको भन्दै उनले त्यसकै वरिपरि सहमति जुट्ने विश्वास व्यक्त गरे । ‘हामीले भनेको त ६० हो, ६० बाट केही तलमाथि होला, तर त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ,’ उनले भने ।

यसैगरी नेपाली कांग्रेसले सुरुमा एक सय सिटमा दाबी गरे ८० सिट आसपासमा सहमति हुने सम्भावना रहेको प्रचण्डले बताए । ‘उहाँहरुले सुरुमा सय भन्नु भएको थियो, तपाईंले सुन्नु भएको थियो तर पछि ८० को वरिपरि आउने सम्भावना बढ्दो छ,’ प्रचण्डले भने ।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका पनि आ–आफ्ना दाबी रहेको भन्दै उनले सिट संख्या, क्षेत्र र प्रदेश एकै चोटी टुंग्याउने प्रयास भइरहेको बताए । प्रदेश र संघको निर्वाचनमा समाज केन्द्रित भएको बताउँदै उनले भने, ‘गठबन्धन कायम भएरै जान्छ त्यसको अन्तिम तयारी चलिरहेको छ ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।