म सांसद बनेपछि सरकारी सेवा सुविधा लिन्न : सुमन सायमी

म सांसद बनेपछि सरकारी सेवा सुविधा लिन्न : सुमन सायमी

काठमाडौं  । ८ प्रतिनिधि सभा सदस्यबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सुमन सायमीले आफू पदमा हुँदाको ५ वर्ष कुनै सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्।नेपालखबरसँग कुरा गर्दै सायमीले आफू निर्वाचित भएको खण्डमा आगामी ५ वर्षसम्म कुनै सेवा सुविधा नलिने घोषणा गरेका हुन्।

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सायमी काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार थिए। सायमीले १३ हजार ७ सय ७० मत ल्याएका थिए। गत बिहीबार १६ (भदौ) मा ललितपुरको सानेपामा एक कार्यक्रम आयोजना गर्दै सायमीको संयोजगत्वमा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा भएको छ।

साही दिन प्रदेशसभा र प्रतिनिधसभा सदस्यका लागि १० जनाले उम्मेदवारी समेत घोषणा गरेका थिए। विजयी उम्मेदवार बालेन्द्रको राम्रो पकड भएको महानगरको क्षेत्रमध्ये काठमाडौं ८ पनि एक हो। स्थानीय तह निर्वाचनमा बालेन्द्रले यो क्षेत्रमा पर्ने वडाहरूबाट ६ हजार १४५ मत पाएका थिए।

बालेन्द्रको शक्ति देखेर सुमन रोजे काठमाडौँ ८ ?

गत बैशाखको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको शक्ति आंकलन गरेर सुमन सायमीले प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ८ बाट उम्मेदवारी घोषणा गरेका छन्।

स्थानीय तह निर्वाचनमा महानगरको प्रमुखका लागि बालेन्द्र शाहसँगै सायमीले पनि उम्मेदवारी दिएका थिए। त्यसबेला चौथो स्थानमा आएका उनले बालेन्द्रको विजय जुलुसमा साथ दिएका थिए ।

महानगरपालिकाको प्रमुख पदमा उठेका सायमीले त्यसबेला १३ हजार ७ सय ७० मत ल्याएका थिए। सायमीले बुधबार नेपालखबरसँगको कुराकानीमा काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।​​ ‘म काठमाडौं–८ बाट स्वतन्त्र उम्मेदवारी दिँदैछु,’ सायमीले भने, ‘मेरो क्षेत्रको विकास गर्ने लक्ष्यसहित चुनाव लड्दैछु।’

स्थानीय तह निर्वाचनमा पाएको १३ हजार मतबाट हौसिएका सायमीले विजयी उम्मेदवार बालेन्द्रको राम्रो पकड भएको महानगरको क्षेत्र रोजेका छन्। स्थानीय तह निर्वाचनमा बालेन्द्रले यो क्षेत्रमा पर्ने वडाहरूबाट ६ हजार १४५ मत पाएका थिए।
काठमाडौं–८ मा पर्ने वडाहरुबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ४६७ र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ७ हजार ४४५ मत प्राप्त गरेका थिए। काठमाडौं ८ मा कांग्रेस, एमाले र बालेन्द्रको मत त्रिकोणात्मक प्रतिस्पर्धामा देखिन्छ ।

कांग्रेस र एमालेबीच २२ मतको मात्रै फरक छ भने स्वतन्त्रको मत १३ सय कम छ । स्थानीय चुनावमा बालेन्द्रको राम्रो पकड रहेको र जित्ने सम्भावना रहेको पाइएपछि सायमीले काठमाडौं ८ रोजेका हुन् । स्थानीय चुनावको मत हेर्दा काठमाडौं १ मा स्वतन्त्र अगाडि छ भने क्षेत्र नं ७ र ८ मा तेस्रो स्थानसहित बलियो पकड देखिन्छ । नेपालखबरबाट