मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

रुकुम उडेको जहाज नेपालगञ्‍ज ल्याण्ड गर्ने पाइलटमाथि अनुसन्धान हुने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नागरिक उड्डयन मन्त्रालयले आफ्नो डियुटी आवर सकिएको भन्दै जहाजलाई नेपालगञ्जमा ‘नाइट स्टप’ गराएका नेपाल एयरलाइन्सका पाइलट माथि अनुसन्धान सुरु गरेको छ। ती पाइटललाई कारबाही गर्नुपर्ने दबाब बढेपछि मन्त्रालयले अनुसन्धान सुरु गरेको हो । पर्यटनमन्त्री प्रेम आलेले सो घटनाबारे बुझ्न नेपाल एयरलाइन्सका अधिकारीहरुसँग छलफल गर्दैछन् ।

मन्त्रालयले सुरुमा ती पाइलटमाथि सोधपुछ गर्ने तयारी गरेको छ । शेर्पा थरका ती पाइलटको जवाफ चित्त नबुझे थप कारबाही गर्ने पक्षमा मन्त्रालय रहेको स्रोतले बताएको छ । नेपाल एयरलाइन्सका एक पाइलटको गैर जिम्मेवारीका कारण काठमाडौंबाट रुकुमको चौरजहारी उडेका यात्रुहरु नेपालगञ्ज बस्न बाध्य भएका थिए। ती पाइलटले आफ्नो ड्युटी आवर सकिएको भन्दै सोमबार रुकुम उडेको जहाजलाई एक्कासी नेपालगञ्जमा अवतरण गराएका थिए ।

डियुटी आवरको सीमा मिच्न नपाइने नियमका कारण पाइलटले बाध्यवस रुकुम उडेको जहाजलाई नेपालगञ्ज ल्याण्ड गरेको मन्त्रालयका एक अधिकारीले बताएका छन् । यात्रुहरुले उजुरी गरेपछि नागरिक उड्डयनमन्त्री आलेले घटनाबारे छानविन गर्ने बताएका हुन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।