मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

सन्दीप लामिछाने बसेका दुइटा होटलबाट सिसिक्यामेरा फुटेज संकलन गर्दै प्रहरी

Himali Patrika 1 मिनेट पढाइ

१७ वर्षीया नाबालिगलाई बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बसेका दुइटा होटलको सिसिक्यामेरा फुटेज संकलन गर्न प्रहरीले सुरू गरेको छ।

गत भदौ ५ गते लामिछानेले सिनामंगलस्थित एक होटलमा लगेर ती किशोरीमाथि पटक-पटक बलात्कार गरेको जाहेरी प्रहरीमा मंगलबार परेको थियो। जाहेरी दर्ता गरी किशोरीको स्वास्थ्य परीक्षण तथा घटनाबारे थप अनुसन्धान गर्ने काम प्रहरीले अघि बढाएको छ।

ती किशोरीसँग लामिछाने गत भदौ ५ गते भक्तपुर घुम्न गएका थिए। सोही रात आफूमाथि लामिछानेले बलात्कार गरेको जाहेरीमा किशोरीले उल्लेख गरेकी छन्।सन्दीप र ती किशोरी गत भदौ १ गते पनि नगरकोट घुम्न गएको खुलेको छ।

‘सिनामंगलस्थित होटलमा सन्दीप र ती किशोरी गएको सिसिक्यामेरा फुटेजमा देखिएको छ,’ एक प्रहरी अधिकृतले भने, ‘नगरकोटमा पनि सन्दीप र ती बालिका गएको होटलको सिसिक्यामेरा फुटेज संकलन गर्न प्रहरी पठाइएको छ।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।