मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

सन्दीपको बचाउ गर्दै विनोद दासले भने, ‘ठोस प्रमाणविना आरोप लगाउनु गलत’

Himali Patrika 1 मिनेट पढाइ

पूर्व क्रिकेटर तथा क्रिकेट एसोसिएसन नेपाल (क्यान)मा आबद्ध क्रिकेट म्यानेजर विनोद दासले राष्ट्रिय टीमका कप्तान सन्दीप लामिछानेको बचाउ गरेका छन् । ठोस प्रमाण र आधारविना आरोप लगाउनु लगत भएको उनको भनाइ छ ।

लोकान्तरसँग संक्षिप्त कुराकानी गर्दै दासले भने, ‘कुनै आधार र ठोस प्रमाणविना आरोप लगाउनु गलत हो ।’ कुनै व्यक्तिको करीयरभन्दा पनि दुईवटा परिवारको विषय जोडिएकाले त्यसमा गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

यस विषयमा छलफल गर्न क्यानको बोर्ड बैठक बस्ने तयारी भएको दासले बताए । क्यानले सन्दीपसँग यसबारे कुराकानी गर्न बाँकी नै रहेको उनले खुलाए । ‘उहाँ (सन्दीप)सँग कुराकानी हुन पाएको छैन । हामीले पनि राति मिडियाबाट थाहा पायौं, अहिले उता (वेस्टइन्डिजमा) राति भएकाले कुराकानी हुन नपाएको हो,’ दासले लोकान्तरसँग भने ।

१७ वर्षीया किशोरीलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक जबरजस्तीकरणी गरेको आरोप सन्दीपमाथि छ । किटानी जाहेरी परेपछि प्रहरीले पीडितको स्वास्थ्य परीक्षण गराएको छ भने घटनाका सम्बन्धमा सूक्ष्म अध्ययन भइरहेको जनाएको छ । पीडितका तर्फबाट मंगलवार प्रहरी वृत्त गौशालामा किटानी जाहेरी परेको हो । सन्दीप हाल क्यारेबियन प्रिमियर लीग खेल्न वेस्टइन्डिजमा छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।