मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

सन्दीपको विषयमा अनुसन्धान गर्न सहयोग गर्छौं : क्यान

Himali Patrika 1 मिनेट पढाइ

१७ वर्षीया नाबालिगलाई बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेको विषयमा अनुसन्धान गर्न प्रहरीलाई सहयोग गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपमाथिको आरोप गम्भीर भएकाले अनुसन्धानमा सहयोग गर्ने बताए। हाल धनगढीमा रहेका चन्द यहीँ विषयमा छलफल गर्न बुधबार साँझ काठमाडौं आइपुग्दैछन्।

‘आरोप लागेपछि हामीले अनुसन्धानलाई सहयोग गर्नुपर्छ,’ चन्दले सेतोपाटीसँग भने। गम्भीर आरोप लागेपछि निलम्बन वा बर्खास्त गर्न सकिने विषयमा क्यानले अनौपचारिक छलफल गरिरहेको छ।

क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार अध्यक्ष चन्द साँझ काठमाडौं आइपुगेपछि औपचारिक रूपमा छलफल हुनेछ। तत्काल निर्णय लिनका लागि क्यानको कार्यसम्पादन समितिको बैठक बस्ने पनि उनले जानकारी दिए।

‘हामी अनुसन्धानमा प्रहरीलाई सहयोग गर्छौं,’ उनले भने, ‘क्यानले पनि बैठक बसेर एउटा निर्णय लिन्छ।’ केन्याविरूद्धको टी-२० सिरिज खेलेपछि सन्दीप उतैबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न गएका थिए।

सन्दीप हाल क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्। उनी आबद्ध जमैकाले भोलि विहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दैछ। सिपिएल आगामी अक्टोबर १ सम्म हुँदैछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।