मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

झापामा माओवादीको महाधिवेशन गरेर देखाउन दाहाललाई ओलीको चुनौती

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापामा माओवादी केन्द्रको महाधिवेशन गरेर देखाउन पुष्पकमल दाहाललाई चुनौती दिएका छन् । चितवनमा एमालेले महाधिवेशन गर्न लागेको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष दाहालले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले झापामा अधिवेशन गर्न चुनौती दिएका हुन् ।

‘चुनाव लड्यो भन्दैमा जिल्ला पुरै हुँदैन । उहाँ रोल्पाबाट लड्नु भयो रोल्पामा नगर्ने, काठमाडौंबाट लड्नु भयो । काठमाडौंमा नगर्ने र सिराहाबाट लड्नु भयो त्यहाँ नगर्ने,’ ओलीले भने, ‘उहाँले झापामा आएर पार्टीको महाधिवेशन गर्नुहोस् ।’

उनले माओवादी अध्यक्ष दाहालले एमालेलाई नभै सिपी मैनालीलाई भनेको बताएका छन् । ‘सिपी मैनालीले नेकपा मालेको चितवनमा महाधिवेशन गरेको भोलिपल्ट उहाँले मलाई सक्न केहीले चितवनमा महाधिवेशन गरेका छन् भन्नुभयो, ‘ ओलीले भने, ‘यो हामीलाई होइन सिपी मैनालीलाई भन्नुभएको होला । ‘

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।