मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 10 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

अब ‘नाबालिगले चाहेपनि’ सन्दीपलाई निर्दोष प्रमाणित गर्न मुश्किल

Himali Patrika 1 मिनेट पढाइ

२३ भाद्र, काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले कानूनी उपचारको सहयोगको आग्रह गरेका छन् । क्यानका पदाधिकारीसँगको टेलिफोन कुराकानीमा उनले सहयोगको आग्रह गरेका हुन् ।

राम्रो वकिल खोजिदिन लामिछानेले भनेका छन् । उनी क्यारेबियन कप खेलेपछि स्वदेश फर्कने भन्दै जमैकामै बसेका छन् । यता नेपाल प्रहरीले उनको खोजी जारी राखेको छ । सन्दीप स्वदेश फर्किएलगत्तै पक्राउ पर्नेछन् । उनीमाथि अनुसन्धान बढाउने तयारी भइसकेको छ ।

१७ वर्षीया नाबालिगले सन्दीपमाथि बलात्कारको आरोप लगाएकी छिन् । नाबालिगको परिवारले उजूरी गरेका छन् । ५ भाद्रको साँझ होटल छिरेर ६ भाद्रको विहान होटलबाट निस्किएको तथ्य खुलिसकेको छ ।

सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको नाबालिगकको आरोप छ । सन्दीपले भने निर्दोष दाबी गरेका छन् । नाबालिगकले चाहेपनि अब अनुसन्धान प्रभावित नहुने भएको छ । विगतमा नाबालिग आरोपबाट पछि हटेपनि अनुसन्धान रोकिएको थिएन ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।