मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 10 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

सन्दीप लामिछानेले भने– म निर्दोष छु, सबै सामना गर्न केही दिनभित्रै देश फर्कन्छु

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै – बलात्कारको आरोप लागेका सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत उनले आफू निर्दोष रहेको र कानुनको सम्मान गरी केही दिनभित्रै देश फर्कने बताएका छन्। उनले क्यारेबियन प्रिमियर लिग छोडेर नेपाल फर्कन लागेको जानकारी दिएका छन् ।

साथै आफूमाथिको आरोप सामना गर्न तयार रहेको उनले लेखेका छन् ।नेपाल क्रिकेट सङ्घ क्यानले हिजो लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको टिमबाट निलम्बन गरेको छ । १७ वर्षकी नाबालिकलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएर काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तान र टिमबाटै निलम्बन गरेको जनाएको छ ।

बलात्कारको आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले लामिछाने विरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । अहिले सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेष्टइन्डिजमा रहेका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।